Logo

भेनिसमा ‘द रेड सुटकेस’ प्रिमियर

अनलाइन टिभी नेपाल काठमाडौं, भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपालि चलचित्र ‘द रेड सुटकेस’ प्रिमियर भएको छ । फेष्टिभलको दोस्रो ठूलो विधा होरोजान्टेको प्रतिस्पर्धामा रहेको चलचित्र १३ सय क्षमताको साला डेरसेना हलमा हाउसफुल दर्शकबीच प्रिमियर भएको हो ।

प्रिमियरमा नेपालबाट कलाकार सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ लगायत चलचित्रका निर्माता रामकृष्ण पोखरेल र शोभा पोखरेल, छायाँकार सुशन प्रजापतिको सहभागीता रहेको थिए । प्रिमियरअघि चलचित्रका निर्देशक, निर्माता र कलाकार फोटोकलमा सहभागी भएका थिए भने फोटोकलपछि निर्देशक फिडेल देवकोटा र सृष्टि श्रेष्ठले भेनिसको अफिसियल च्यानलहरु टिभी, रेडियो र पत्रपत्रिकामा अन्तर्वार्ता दिएका थिए ।

चलचित्र पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथाबस्तुमा आधारित छ । चलचित्रमा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रविन खतिवडा लगायतको अभिनय रहेको छ । शुक्रबार नै चलचित्रले बिसाटो डिओरो नामको अवार्ड पनि प्राप्त गरेको थियो । स्वतन्त्र समीक्षकहरुको संस्थाले प्रदान गर्ने यो अवार्ड डेब्यू चलचित्र बनाउनेलाई दिइने परम्पराअनुसार फिडेल देवकोटालाई प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्