Logo

सारेगमपकी विजेता जेट्सिन डोना लामाले काठमाडौंमा कन्सर्ट गर्दै

अनलाइन टिभी नेपाल काठमाडौं, भारतीय गायन रियालिटी शो ‘जीटीभी-सारेगमप लिटिल च्याम्प’की विजेता जेट्सिन डोना लामाले काठमाडौंमा च्यारिटी कन्सर्ट गर्ने भएकी छन् । साधना कला केन्द्रले यहि असोज ६ गते ललितपुरको गोदावरी सनराइज हलमा कन्सर्ट गर्ने जानकारी गराएको छ।

केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौंको कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको बारे पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। ‘बाल अपांग टेवा संस्थामा आश्रित बालबालिकालाई विद्यालय जान समस्या भएको पायौं । ह्वीलचेयरमा उनीहरु विद्यालय जान सक्ने अवस्था देखिएन । यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरुलाई गाडी वा भ्यान किन्ने उद्देश्य’मिलनको रहेको छ।

नेपालकै १० जना संगीतवादकको सहभागिता रहने कन्सर्टमा ‘जेट्सिनले १२ हिन्दी गीत र केहि नेपालि गित गाउनेछिन् । कार्यक्रममा नेपाली अपांग बालबालिकाहरुलाई पनि आफ्नो प्रस्तुति दिने मौका दीइनेछ । कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्सिनले नेपालमा कन्सर्ट गर्न पाउनु गौरवको बिषय रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्