Logo

लण्डनमा ‘गोर्खा वारिअर’को प्रिमियर

अनलाइन टिभी नेपाल काठमाडौं, मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारिअर’को लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको छ । स्थानीय लेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवर्ल्डमा आयोजित समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

समारोहमा नेपालबाट चलचित्र निर्माता, निर्देशक, कलाकार र पत्रकारले बाक्लो उपस्थिति जनाएका थिए । कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा चढेका हरिबहादुर बुढाको उपस्थितीले माहोल जमाएको थियो । निर्देशक चाम्ससहित चलचित्रका कलाकारहरु रितेश चाम्स र रेविका गुरुङ प्रिमियरमा सहभागी रहेका थिए । दीया पुन परिवारसहित उपस्थित रहेकी थिइन् । चलचित्र बेलायती सेनाको गोर्खा बटालियनले दोस्रो विश्वयुद्धको क्रममा मलायामा लडेको बहादुरीपूर्ण लडाइँको कथाबस्तुमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्