Logo

सुवास नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

अनलाइन टिभी नेपाल काठमाडौं, सरकारले स्वर्गीय नेता सुवास नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको आकस्मिक बैठक एमालेका उपाध्यक्ष तथा संविधानसभा सदस्य नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्दै सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको आकस्मिक बैठक बसेको थियो । बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेम्वाङका दुई छोराहरु विदेशमा रहेकाले उनीहरु आएपछि अन्तिम संस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ । छोराहरु आइपुगेमा बुधबार अन्त्येष्टि हुने छ भने सोही दिन सार्वजनिक बिदा पनि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्