Logo

‘एक भगवत् र एक गीता’ले पायो प्रदर्शन अनुमति

अनलाइन टिभी नेपाल काठमाडौं, चर्को धार्मिक विवादपछि चलचित्र ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ले प्रदर्शन अनुमति पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको हो । युनिभर्सल प्रमाणपत्र पाएसंगै चलचित्र अब सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।

चलचित्रको नामलाई लिएर १३ हिन्दु धार्मिक संस्थाले विरोध जनाएपछि चलचित्रको सेन्सर प्रक्रिया रोकिएको थियो । विवादले चक्रो रुप लिने भएपछि आइतबार चलचित्र विकास बोर्डमा धार्मिक संस्थाहरु र निर्माण टीमबीच शीर्षकबारे छलफल गर्न बैठक बसेको थियो । बोर्डमा भएको सर्वपक्षीय छलफलले ‘एक भगवत र एक गीता(सामाजिक कथा)’ नाममा सहमति जुटाएसँगै बोर्डले सेन्सर सिफारिस प्रदान गरेको हो ।

झरना थापाले निर्देशन गरेको चलचित्रमा अभिनेता विपिन कार्की, धिरज मगर, अभिनेत्री सुहना थापाको मुख्य भूमिका रहेको छ । लैंगिक अल्पसंख्यकको कथाबस्तु पस्किने चलचित्र भदौ २९ बाट देशभर एकैसाथ प्रदर्शन हुन गईरहेको छ।

प्रतिक्रिया दिनुहोस्