Logo

‘एक भगवत् र एक गीता’ र ‘नांगो गाउँ’मा कसले मार्ला त बाजी ?

अनलाइन टिभी नेपाल काठमाडौं, शुक्रबारदेखि हलमा दुइ नेपालि चलचित्रले बाजी थाप्दैछ । एक दयाहाङ राई र मिरुना मगर स्टारर ‘नांगो गाउँ’ र अर्को झरना थापा निर्देशित ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा आएका हुन् ।

समाजको बर्तमान राजनीतिका कथाबस्तुलाई ब्याग्यात्मक ढंगले प्रस्तुत गरिएको कथा निर्देशक दीपेन्द्र लामाको ‘नांगो गाउँ’ले समेटछ । चलचित्रमा स्टार अभिनेता दयाहाङ राइ, मिरुना मगर, साम्राज्ञी आर एल शाह, शिशिर बाङ्देल, कार्म, बुद्धि तामाङ र रविन्द्र झाको मुख्य भूमिका रहेको छ ।

‘एक भगवत् र एक गीता’-सामाजिक कथा समाजको बास्तविक दृश्य लैंगिक अल्पसंख्यकको दैनिकी, बिषयबस्तुमा आधारित छ । चलचित्रमा विपिन एक अल्पसंख्यकको भूमिकामा रुझेका छन् । त्यस्तै चलचित्रमा सुहाना थापा, धिरज मगर जस्ता कलाकरको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्