Logo

विमलेशको ‘ह्याप्पी डिभोर्स’मा केकी र रिमा

अनलाइन टिभी नेपाल काठमाडौं, अभिनेता बिमलेश अधिकारिले निर्देशकमा फड्को मार्दै चलचित्र ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने भएका छन् । अभिनेत्री केकी अधिकारि र रिमा बिश्वोकर्माको मुख्य भूमिकामा सम्बन्ध बिछेद्दको बिषयबस्तुलाइ समेटी सोसल ड्रामामा आधारित रहेर चलचित्र तयार गरिनेबारे निर्माण टिमले जानकारी गराएको छ।

म्युजिक भिडियो, चलचित्रमा अभिनय गर्दागर्दै बिमलेश अधिकारि अमेरिका पलाएन भएका थिए । उनी सात वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । यो उनको डेब्यु निर्देशन हो। पत्रकार सम्मेलनमा चलचित्रको शिर्ष गित र केहि अंशहरुलाई प्रस्तुत गरिएको थियो । सोसल ड्रामा जनरामा आधारित रहने चलचित्र अंग्रेजी नयाँ सालदेखि छायांकनमा जाने र उक्त सालमै रिलिज गरिनेमा बिमलेशले प्रस्ट पारेका छन् । तुलसी, मुटु, ब्रेकफेल, मेरो बेस्टफ्रेन्ड बिमलेशले अभिनय गरेका चलचित्र हुन्।

प्रतिक्रिया दिनुहोस्