Logo

सरकारले मूल्यवृद्धि गरेको निहुँमा रास्वपाले बहिष्कार गर्यो प्रधानमन्त्रीले बोलाएको बैठक

काठमाडौं, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले चाडपर्वको मुखमा मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । उनले मूल्यवृद्धि आफूहरुको गम्भीर आपत्ति रहेको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकपनि मूल्यवृद्धिकै कारण बहिष्कार गरेको उल्लेख गरेका छन् ।

चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौं।

प्रतिक्रिया दिनुहोस्