Logo

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट मुड फ्रेस गरेर आउनुभएको थियो, आउनेबित्तिकै जनताको मुड अफ गरिदिनुभयो : रवि लामिछाने

k|ltlglw;ef a}7sdf pkk|wfgdGqL nfld5fg]
sf7df8f}F, @% k’; M
pkk|wfg tyf u[xdGqL /lj nfld5fg] ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug'{x’Fb} . tl:a/M /Tg >]i7÷/f;;
काठमाडौं, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट मुड फ्रेस गरेर आएको भएपनि आउनेबित्तिकै जनताको मुड अफ गरिदिएको टिप्पणी गरेका छन् ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले हिजो (शनिबार) नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएकोमा भने धन्यवाद ज्ञापन गरेका छन् ।
सांसद लामिछानेले संविधान दिवसको अवसरमा राष्ट्रपति निवासमा आयोजित रात्रिभोजमा आफू सरिक नभएर ठीकै गरेको पनि व्यंग्य गरे । उनले राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजलाई ‘मान्छे मारेर जेल बसेका अपराधीलाई आममाफी दिईएको’ मा आयोजना गरिएको भोज (पार्टी) को संज्ञा दिए । आफू त्यतिवेला रोल्पामा जनआवाज सुन्न गएको र जनतासँग बसेर स्याउ खाएको सुनाए ।

प्रतिक्रिया दिनुहोस्