Logo

१९औँ एसियाड खेलेर चीनबाट स्वदेश फिर्ता क्रिकेट टोलीलाई भव्य स्वागत, बिश्वमा नेपाली खेलाडीको कीर्तिमानी रेकर्डहरू

नेपाली राष्ट्रिय क्रिकेट टिम १९औँ एसियाड खेलेर चीनबाट स्वदेश फिर्ता भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित राष्ट्रिय टोलीलाई स्वागत गरिएको हो।

पहिलो क्वार्टरफाइनलमा भारतसँग २३ रनले पराजित भए पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै रेकर्डहरू बनाएको छ। नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट भयो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुल घानीले सर्वाधिक ३६ र सिउस फरिदले १० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हो ।

पहिलो खेलमा :
टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो ।

नेपालले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको थियो । टी—२० ढाँचाको प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो ।

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो ।

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाए । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काएका थिए ।

। कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।

यस्तै रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।

त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे ।

नेपालले दिएको ३१५ रानको विश्व कीर्तिमानी लक्ष्य पछयाएको मंगोलिया १३ दशमलव १ ओभरमा ४१ रनमा अलआउट भयो । मंगोलियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसी,सन्दीप लामिाछाने र अविनास बोहोराले समान २-२ तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी ले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्