Logo

कोलोम्बोमा रहेका सांसद डा. वाग्लेले भेटे श्रीलंकाका राष्ट्रपति विक्रमेसिङ्घे

काठमाडौं, २४ असोज । रास्वपाका प्रभावशाली नेता तथा सांसद डा. स्वर्णीम वाग्लेले श्रीलंकाका राष्ट्रपति एवं अर्थमंत्री रणिल विक्रमेसिङ्घेसँग भेटवार्ता गरेका छन् । श्रीलंकाको छोटो भ्रमणमा रहेको बेलामा आफूले श्रीलंकाका राष्ट्रपति एवं अर्थमंत्री रणिल विक्रमेसिङ्घे भेटवार्ता गरेको वाग्लेले जनाएका छन् । उनले उक्त भेटवार्तामा अर्थतन्त्र र समाधानोन्मुख संकट, लुम्बिनी, सार्क र सूचना प्रविधिका सम्भावनाबारे सौहार्दपूर्ण छलफल गरेको पनि स्पष्ट पारेका छन् । सो भेटवार्ताबारे तस्विर सेयर गर्दै वाग्लेले फेशबुकमा लेखेका छन्-

कोलोम्बो
श्रीलंकाको छोटो भ्रमणका बेला सम्माननीय राष्ट्रपति एवं अर्थमंत्री रणिल विक्रमेसिङ्घेसँग आज भेटघाट गर्दै अर्थतन्त्र र समाधानोन्मुख सङ्कट, लुम्बिनी, सार्क र सूचना प्रविधिका सम्भावनाबारे सौहार्दपूर्ण छलफल भयो। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकको पदमा नेपालको उम्मेदवार रहनुभएका डा. शम्भु आचार्यको पक्षमा श्रीलंकालाई मतदान गर्नपनि आग्रह गरें। आर्थिक सङ्कटबारे आफ्नो सहलिखित शोधपत्र पनि हस्तान्तरण भयो।

प्रतिक्रिया दिनुहोस्