Logo

रेखा थापाको ‘उपहार’ फागुन २५ मा

अनलाइन टिभी नेपाल काठमाडौं, बाबुल गिरी र एलिना चौहानको स्वरमा फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ ।

गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्दमा तयार भएको गीतमा फिल्मका शीर्ष कलाकार फिचर्ड छन् । गीतमा फिल्मका तीन जोडीलाई प्रस्तुत गरिएको छ । रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । काठमाडौं सहरको पृष्ठभूमिमा खिचिएको गीत रमणीय पनि छ । ज्ञानेन्द्र देउजाको निर्देशन र रेखा फिल्म्सको निर्माणमा बनेको यो फिल्मले गीत रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरेको छ । यो फिल्म फागुन २५ गते रिलिज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्