Logo

भूकम्प प्रभावितलाई ५० हजार सहयोग गर्दै पल

अनलाइन टिभी नेपाल काठमाडौं, शुक्रबार साँझ ११ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले पिडामा परेका जाजरकोट बासीलाई अभिनेता पल शाहले ५० हजार आर्थिक सहयोगको घोषणा गरेका छ्न् । उनले आफू संलग्न हाम्रो टिम नेपालको मार्फत् ५० हजार सहयोग गरेको जानकारी फेसबुकमार्फत् गराएका छन् ।
भूकम्पले धेरै घरहरु भत्किएकाले नागरिकहरु खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्दार गर्न उनले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । त्यस क्षेत्रका धेरै घरहरु तहसनहस भएको अवस्था छ । अहिले सुरक्षाकर्मीदेखि चिकित्सकसम्म उद्दार र उपचारमा खटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्