Logo

सुपर ओभरमा ओमानसँग पराजित भयाे नेपाल

अनलाइन टिभी नेपाल काठमाडौं, आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ । घरेलु टिम नेपाललाई सुपर ओभरमा रनले पराजित गर्दै ओमानले उपाधि जितेकाे हाे । सुपर ओभरमा अभिनाष बाेहाेराकाे बलमा ओमानले २१ रन जाेडेकाे थियाे । नेपालले सुपर ओभरमा १० रन मात्र बनायाे ।

यसअघि १८५ रनकाे लक्ष्य पाएकाे ओमानले १८४ रन मात्र बनाएपछि खेल सुपर ओभरमा गएकाे थियाे । ओमानका लागि काश्यप प्रजापतिले सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै, अकिब सुल्हेरीले ३३, कप्तान जिसन मस्कुदले २६ र आयन खानले १० रन जोडे । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पाैडेल, गुल्सन झा र करण केसीले सानदार ब्याटिङ गरे । गुल्सनले २५ बलमा ५४ रनको सानदार अर्धशतकीय पारी खेले । सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएका बेला मैदान छिरेका उनले कप्तान पाैडेलसँग महत्त्वपूर्ण साझेदारी गर्दै टिमलाई उकासेका थिए ।

पाैडेल ३७ बलमा ५२ रनको अर्धशतकीय पारी खेलेर नटआउट रहे । करण केसी ६ बलमा २० रन बनाएर नटआउट रहे । कुशल भुर्तेलले २२ बलमा ३१, आसिफ सेखले ६ बलमा ६, सन्दीप जोराले १३ मा १०, कुशल मल्लले ९ बलमा ३ र विवेक यादवले ३ बलमा १ रनको योगदान दिए । ओमानका बिलाल खानले तीन तथा आकिब सुलेहरीले दुई विकेट लिए । जिसन मक्सुदले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्