Logo

प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब भूकम्प पीडितलाई

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट, रुकुम पश्चिम लगायतका भूकम्प प्रभावितहरुलाई दिने भएका छन् ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब भुकम्प प्रभावितहरुका लागि दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका एक सय ५३ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पमा परी तीन सय जनाभन्दा धेरै घाईते र ३५ हजारभन्दा बढि घरहरुमा क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्