Logo

रास्वपाले मंसिर ११ देखि १३ गतेसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीमा गर्ने

काठमाडौं,२३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ११ देखि १३ गतेसम्म पार्टीको संसदीय दल र केन्द्रिय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको रास्वपाको बैठकले आगामी बैठक मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीमा गर्ने निर्णय गरेको हो ।

यसअघि पनि रास्वपाले बुधबार र बिहीबार मधेशमा बैठक राख्ने तयारी गरेको थियो । तर, गत शुक्रबार जाजरकोट केन्द्र भएर विनासकारी भूकम्प गएपछि रास्वपाको बैठक स्थगित भएको थियो । मंसिरमा बस्ने बैठकमा महाधिवेशनको प्रक्रिया, सभापतिको राजनीतिक प्रतिवेदनलगायत पेश हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्