Logo

चन्द्र भण्डारी गुल्मि पुगेर पहिलोपटक दुर्घटनाको दु:ख सुनाउदै सबै भए भाबुक

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले आफू दुर्घटना परेको घटना पहिलोपटक जिल्लाबासीलाई सुनाएर स्तब्ध बनाएका

उनले आफूलाई पुनर्जीवन दिने सबैलाई पबित्र रेसुङा तपोभुमीको आशीर्वाद प्राप्त होस् भन्दा उपस्थिति कार्यकर्ताको गह भरिएको थियो ।

दोस्रो जिल्ला सम्मेलनको सन्दर्भमा गुल्मी आएका गुल्मी क्षेत्र न-१ का साम्सद समेत रहेका नेता भण्डारीले काठमाडौको घटनादेखि भारतको उपचारसम्मको बारेमा बोल्दै बाचेर मातृभुमीको स्टेजमा उभिन पाउँदा खुशी ब्यक्त गरे ।

सम्पूर्ण नेपालीको सद्भाव र कामनाको कारण ठुलो दुर्घटनाबाट फेरि भ्रष्टाचार र बिपन्नका आवाज बोल्न फर्किन सकेको भण्डारीले बताएका थिए । आफू उत्साहपुर्ण मतका साथ बिजयी भएर गएपछि दुर्घटनाले लामो समय उपचारमा रहन परेको र स्वास्थ ठिक हुँदै गएकाले अब जिल्लाको बिकास निर्माणको काममा खटिने प्रतिवद्द्ता भण्डारीले ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्