Logo

स्वर्णिमलाई उपसभापति बनाउने रविको तयारी

काठमाडौं, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । महोत्तरीको जलेश्वरमा जारी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा वाग्लेलाई उपसभापति बनाउने तयारी रहेको बताइएको छ ।

वाग्ले तनहुँ–१ मा भएको उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था भएपनि हाल डोलप्रसाद अर्यालमात्रै उक्त पदमा छन् ।

प्रतिक्रिया दिनुहोस्