Logo

भजन शिरोमणि भक्तराज आचार्यको राजकिय सम्मानसहित‘जहाँ छन् बुद्धका आँखा’ गीत गाएर गरियो अन्तिम विदाई

काठमाडौं, १५ फागुन । गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको अन्तिम संस्कार पशुपतिस्थिति आर्यघाटमा गरिएको छ । उनलाई राजकीय सम्मानसहित अन्मिम विदाई गरिएको हो । स्वर्गीय भक्तराजको विदाईका क्रममा उनका छोराहरु स्वरुपराज र सत्यराजसहितले ‘जहाँ छन् बुद्धका आँखा’ गीत गाएर विदाइ गरेका थिए ।

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

आचार्यले ‘मुटु जलिरहेछ‘’, ‘जति चोट दिन्छौँ‘’, ‘जहाँ छन् बुद्धका आँखा‘’, ‘हजार सपनाहरूको‘’, ‘माया मेरी साँझ बिहान‘’, ‘हजार आँखा हेर्ने‘’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ ।

प्रतिक्रिया दिनुहोस्