Logo

लेवनानलाई हराउँदै नेपाली महिला फुटबल टिम वाफ च्याम्पियनसिपको फाईनलमा प्रवेश

काठमाडौं, १६ फागुन । नेपाली महिला फुटबल टिम वाफ महिला च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । लेबनानलाई २-१ गोलले हराउँदै नेपाली महिला टिम फाईनलमा प्रवेश गरेको हो ।

साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा नेपालको जितको लागि सबिता भण्डारी र प्रिती राईले एक/एक गोल गरेका हुन् ।

जितको लागि नेपाली टिमले ९० मिनेटको खेल सकिएपछि थपिएको अतिरिक्त समय कुर्नुपरेको थियो । फाईनलमा नेपालले यही फेब्रुअरी २९ मा जोर्डनसँग खेल्नेछ । नेपाली टोली उपाधि चुम्नेमा ढुक्क छ ।

प्रतिक्रिया दिनुहोस्