Logo

राजेन्द्र महतोको आन्दोलनमा साथ दिन पुगेका जसपाका नेता सडकमै बेहोस

काठमाडौं, १६ फागुन । राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आफ्नो अगुवाईमा आज काठमाडौंको निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ । माईतीघरमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ । महतोलाई साथ दिनको लागि उपेन्द्र यादवका नेताहरुपनि पुगेका छन् ।

यसरी महतोको आन्दोलनमा साथ दिन जाने उपेन्द्रको पार्टी जसपाका नेताहरुमा रामबच्चन यादव, ओमप्रकाश यादव (गुल्जारी) र ओमप्रकाश यादव, रामनरेश राय यादव छन् । माईतीघरमा युवा नेता रमन पाण्डे बेहोस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्