Logo

वेस्टइन्डिज ए विरुद्ध भुर्तेलले लिए तेस्रो विकेट

काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

त्रिवि मैदानमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालको लागि खेलको ९।६ ओभरमा कुशल भुर्तेलले तेस्रो विकेट लिएका हुन् ।

कुशल भुर्तेलको बलमा रोस्टन चेश आउट भएका छन् । कुशलको बल भएपछि चेश २२ बलमा २३ रन बनाउँदै बोल्ड आउट भएका हुन् ।

यसअघि खेलको २।२ ओभरमा सागर ढकालको बलमा एलिक एथानाजे आउट गरेका थिए। उनी ६ बलमा ६ रन जोड्दै आउट भए ।

त्यस्तै २।५ ओभरमा सागर ढकालकै बलमा जोनसन चार्ल्स आउट भएका छन् । उनी ९ बलमा ११ रन जोड्दै आउट भएका हुन् ।

ताजा अवस्थामा वेष्टइन्डिजले १० ओभरमा ३ विकेट गुमाएर ६४ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्