Logo

क्यानडासँग वार्म अप खेल्दै नेपाल

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गतको वार्म अपको पहिलो खेलमा नेपाल क्यानडासँग खेल्दै छ । खेल आज नेपाली समयअनुसार राति सवा नौ बजे तथा स्थानीय समय अनुसार बिहान १०ः३० बजे संयुक्त राज्य अमेरिकास्थित प्रेरी भ्यू मैदानमा हुनेछ।

आईसीसीको टी–२० वरीयतामा नेपाल १७औँ र क्यानडा २३ औँ स्थानमा रहेको छ । मे ३० अर्थात जेठ १७ गते नेपालले दोस्रो वार्म अप खेल अमेरिकासँग खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस्