महिनावारीको समयमा महिला ट्राफिक प्रहरी सडकमा खटिन नपर्ने गृहमन्त्री लामिछानेको घोषणा

1.4k
Shares

काठमाडौं– उपप्रधान तथा रवि लामिछानेले महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्न नपर्ने घोषणा गरेका छन् । १७ औं गणतन्त्र दिवसको अवसर पारेर उनले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् ।

महिनावारीको समयमा रहेका ट्राफिक प्रहरीको सट्टामा मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले सडकमा स्वयमंंसेवकका रुपमा सडकमा सघाउने व्यवस्था मिलाइएको उनले जनाएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’