Logo

२३ सयले बढ्यो सुनको मुल्य

काठमाडौं– आज सुनको मुल्य २३ सय रुपैयाँले बढेको छ । बुधबारको तुलनामा आज छापावाला सुनको मुल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मुल्य १ लाख ४० हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला १३९८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मुल्य बढ्दा चाँदीको मुल्यमा भने सामान्य गिरावट भएको छ । बुधबार एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज प्रतितोला एक हजार नौ सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्