Logo

४ बजे भिसाको अन्तर्वाता दिन अमेरिकी दुतावास जाँदै सन्दीप

काठमाडौं– आज नेपालस्थित अमेरिकी दुतावासले सन्दीप लामिछानेको भिसाका लागि अन्तर्वातामा बोलाएको छ । सन्दीप लामिछाने दिउँसो ४ बजे भिसाको अन्तर्वाता दिने भएका छन् ।

यसअघि पनि अमेरिकी दुतावासले सन्दीपलाई भिसाका लागि अन्तर्वातामा बोलाएर भिसा दिएको थिएन । सन्दीप आइसिसि टि– २० विश्वकप खेल्नको लागि अमेरिका जान भिसा नदिएपछि बुधबार सन्दीपका समर्थकले भिसाको माग गर्दै प्रदर्शन गरेका थिए । माइतिघर मण्डलाबाट प्रदर्शन सुरु गरेका समर्थकले बालुवाटारसम्म प्रदर्शन गरेका थिए ।

आजै युवा तथा खेलकुदमन्त्रि विराज भक्त श्रेष्ठले सन्दीपलाई भेटेर भिसाका लागि आशावादी रहन समेत आग्रह गरेका छन् । विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ। भिसा मिलेमा सन्दीप आजै राति अमेरिका उड्ने सम्भावना छ ।

संयुक्त राज्य अमेरिकास्थित प्रेरी भ्यू मैदानमा आईसीसी पुरुष टी–२० विश्वकप १ जुन अर्थात् जेठ १९ गतेदेखि सुरु हुँदैछ । सोमबार नेपाली टोलीले आइसिसि पुरुष टी–२० विश्वकपको वार्म अप खेल सन्दीप बिना नै खेलेको थियो । क्यानडासँग ६५ रनले नेपाल पराजित भएको थियो । आज नेपालले अन्तिम वार्म अप अर्थात दोस्रो खेल अमेरिकासँग खेल्दैछ । टी–२० विश्वकपमा नेपालले पहिलो खेल जेठ २२ गते नेदर्सल्याण्डसँग खेल्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्