Logo

सुरु भयो ‘श्रमाधान रोजगार मेला’

मोरङ– कोशी प्रदेशबाट ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोरङको विराटनगरस्थित सिटी प्यालेस होटल एन्ड रिसोर्टमा ‘श्रमाधान रोजगार मेला’ उद्घाटन गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ १७ देखि ३० गतेसम्म ‘श्रमाधान रोजगार मेला’ सञ्चालन गर्न लागेको हो । प्रत्येक प्रदेशमा दुई दिन हुनेगरी मेला सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ ।

रोजगारदाता र रोजगारीको खोजी रहेका नेपाली नागरिकबीच पुलको काम गर्ने उद्देश्यले सरकारले सो मेलाको आयोजना गर्न लागेको हो । मेलाले रोजगारदाताले कस्ता कामदार खोजिरहेका छन् र श्रमिकले कस्तो रोजगारी खोजिरहेको छ भन्ने विषयमा स्पष्ट हुने सरकारले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्