Logo

स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणमा जाँदै राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा जाने भएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम सम्मेलनको १ सय १२ औं अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो । बैठकले त्यसलगतै राष्ट्रपति पौडेलबाट हुने जर्मनी भ्रमण समेत स्वीकृत गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

नेपाल न्यायसेवा तर्फको राजपत्राङ्कीत बिशिष्ठ श्रेणी पदमा खेमराज ज्ञवाली, याम बहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमश नायव महान्याधीवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्टार पदमा पदस्थापन गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले वन दोश्रो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ भने तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्