Logo

६० किलो सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ

काठमाडौं– ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका काभ्रेका थर्कमान लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको छ । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई सीआईबीले शुक्रबार लाजिम्पाटबाट पक्राउ गरेको हो ।

गत साउनमा राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट सुनसहितको ब्रेक सु बरामद गरेको थियो । विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गर्दा विभागले ६० किलोभन्दा बढी सुन बरामत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्