Logo

विश्वकपको उद्घाटन खेलमा अमेरिकाको शानदार जीत

काठमाडौं– आइसिसी टि–२० विश्वकप २०२४ को पहिलो खेलमा अमेरिकाले सानदार सुरुवात गरेको छ । संयुक्त राज्य अमेरिकाको डल्लास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सुरु भएको विश्वकपको पहिलो खेलमा अमेरिकाले क्यानडाविरुद्ध जित हाँसिल गरेको हो ।

अमेरिकाले क्यानाडालाई ७ विकेटको पराजित गरेको छ । क्यानाडाकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै सानदार जीत दर्ता गरेको हो ।

अमेरिका र क्यानाडा रहेको समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड समेत छन् । विश्वकपको दोस्रो खेलमा आईतबार नेपाली समयअनुसार बेलुका ७ः१५ बजे वेस्ट इन्डिज र पपुवा न्यूगिनी प्रतिस्पर्धा गर्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्