Logo

गृहमन्त्री रवि लामिछानेको निर्णयको विरोध गर्दै सांसद खतिवडाले भनेः पत्रकारिता गरेजस्तो बोलेर र ट्विट गरेर मन्त्रालय चलाउने होइन

काठमाडौं– मापसे तथा ट्राफिक नियम उल्लङ्घन गरेकालाई सडकमा स्वमंसेवक ट्राफिक प्रहरीको रुपमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयले श्रम शोषण भएको भन्दै संसदमा विरोध भएको छ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आइतबार प्रतिनिधि सभाको बैठकमा कानुन नबनाइ हुकुमको भरमा निर्णय कार्यान्वयन गराएको भन्दै विरोध गरेका हुन् ।

विदेशी नागरिक र विद्यार्थीहरुले समेत स्वमंसेवक ट्राफिक प्रहरीको रुपमा काम गर्ने गरेको उनले बताए । पहेँलो ज्याकेटमा खटिएका ट्राफिक प्रहरी सबै मापसे गर्ने हुन् भन्ने भास्य सिर्जना भएको उनले बताए । ‘मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन मन्त्रालय कानुनअनुसार चलाउनुप¥यो र कसैको श्रम शोषण गर्न पाइँदैन । पत्रकारिता गरेजस्तो बोलेर र ट्विट गरेर मन्त्रालय चलाउने होइन,’ उनले भने ।

१७ औँ गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले महिनावारुीको समयमा रहेका महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाउने निणर्य स्वागतयोग्य रहेको उनले बताए ।

कानुन बनाएर निणर्य कार्यान्वयन गर्नुपर्ने उनको माग छ । त्यसको सट्टामा र ट्राफिक उल्लङ्खन गरेकालाई खटाउने निणर्यले श्रम शोषण भएको भन्दै उनले विरोध गरे ।

प्रतिक्रिया दिनुहोस्