Logo

स्वर्गद्वारी गुठी पीडित किसान आन्दोलित, प्रहरीसँगको झडपमा ४ जना घाइते

दाङ– प्रहरीको लाठीले टाउको फुटेको छ । हरियो रुमालले फुटेको टाउकोबाट रगत रोक्ने प्रयास गरिरहेका छन् । तर निधार, गाला हुँदै रगतले गन्जीसमेत भिजेको छ । तस्बीरमा देखिएका व्यक्ति दाङको स्वर्गद्वारी आश्रमका गुठी पीडित किसान हुन् ।

विगत केहिदिनदेखि आन्दोलनरत गुठी पीडितले मोही जग्गामा एकल स्वामित्व माग गर्दै आइतबार दाङको घोराहीस्थित मालपोत र नापी कार्यालयमा तालाबन्दी गरेका थिए । मालपोत र नापी कार्यालयलाई आन्दोलनकारीहरूले घेरेपछि प्रहरी र आन्दोलकारीबिच झडप भएको थियो । झडपमा प्रहरीले १० राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो जसमा झडपमा चार जना घाइते भएका हुन् । घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ ।

स्वर्गद्वारी आश्रमको दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ । सो जग्गामा एकल स्वामित्वको माग गर्दै गुठी पीडित किसान आन्दोलनमा छन् । मोहियानी हकका लागि सरकारसँग पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन नभएको भन्दै किसानहरूले आन्दोलन गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्