Logo

सांसद चित्रहादुर केसीले बजेट छलफलमा भने, ‘म त आज छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु, रमाइलो छैन संसद’

काठमाडौं– राष्ट्रिय जनमोर्चा पार्टिका अध्यक्ष तथा चित्रहादुर केसीले प्रतिनिधि सभामा बजेटमाथिको छलफल रमाइलो नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

बजेटको छलफल जति गरेपनि सत्ताले चाहेको जस्तै बजेट आउने र बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेट छलफलमा वाक्क लागेको उनले बताएका छन् । ‘म त आज छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु । रमाइलो छैन संसद । दिक्क लाग्दो छ ।’

सरकारको नीति तथा कार्यक्रमले समाजवादउन्मुख नरहेको उनले बताए । चालु आवको बजेटको सिलिङ नै घटाउनु परेको अवस्थामा ‍ आगामी आर्थिक वर्षका लागि बजेट बढाउनु आफैंमा नमिल्ने बताए ।

सांसद केसीले संघीय संरचनाका कारण मुलुकमा साधारणतर्फको खर्चको अनाआवश्यक बोझ नेपाली जनताले झेल्नुपरेको दाबी गर्दै उनीहरुलाई त्यसबाट मुक्त गराउन पनि आफूहरुले संघीयता खारेजी गर्नुपर्ने कुरामा जोड दिनुपरेको बताए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्