Logo

युरो पेन्ट्सको घोषणा :  नेपाली टोलीले बनाउने हरेक रनमा ३०० , विश्वकप जितेमा १० लाख पुरस्कार

काठमाडौं– जगन्नाथ ग्रुप अन्तर्गतको युरो पेन्ट्सले आइसिसी पुरुष टि–२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट खेलाडी र क्यानलाई पुरस्कारको घोषणा गरेको छ । युरो पेन्ट्सले विश्वकपमा सहभागी टोलीको प्रोत्साहनका लागि क्यानलाई १ लाख रुपैयाँ उपलब्ध गराउन लागेको हो ।

युरो पेन्ट्सले खेलाडीले बनाउने हरेक रनबापत ३०० रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । यस्तै हरेक चौकावापत एक हजार, छक्कामा तीन हजार दिने जनाएको छ । खेलाडीले अर्ध सतक बनाएमा ५० हजार र शतकमा एक लाख रुपैयाँ पुरस्कार दिने कम्पनीले घोषणा गरेको छ ।

यस्तै विकेट लिएबापत प्रतिविकेट ३ हजार रुपैयाँ खेलाडीले पुरस्कार पाउनेछन् । यसबाहेक नेपाली टोली सुपर ८ मा पुगेकोमा २ लाख, सेमिफाइनलमा पुगेमा ५ लाख, फाइनलमा पुगेमा ७ लाख उपलब्ध गराउने भएको छ । यदि नेपालले विश्वकप नै जितेमा १० लाख रुपैयाँले पुरस्कृत गर्ने युरो पेन्ट्सले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्