Logo

नेपाली क्रिकेट टोलीलाई समर्थन गर्न जर्सी लगाएर संसद बैठकमा पुगे रास्वपाका सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । आइसिसी पुरुष टि–२० विश्वकपको पहिलो खेल खेल्ने तयारीमा रहेको नेपाली टोलिलाई समर्थन गर्न उनीहरूले जर्सी लगाएका हुन् । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भइरहेको छ ।
बैठकमा उनीहरुले नेपाली टोलीको जर्सी लगाएका हुन् । बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए ।

१० वर्षपछि आज टि–२० विश्वकप खेल्दै छ । नेपाली समयअनुसार बेलुका सवा नौ बजे नेपाल र नेदरल्यान्डस प्रतिस्पर्धा गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्