Logo

बालेनले लाखौं युवालाई धोका दिन खोजेको एमालेका सचिव योगेश भट्टराईको आरोप

काठमाडौं– नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमता गुमाउँदै गएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका हुन् ।

बालेनले मेयरको पद जितेपटि एमालेका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्‌भाव हो, तर काठमाडौंका प्रमुखले संमयता गुमाउँदै जानु भएको छ ।’

०५४ मा एमालेले काठमाडौं महानगरको चुनाव जितेपछि सभ्य सहर बनाउने अभियान थालेको भन्दै उनले भने, ‘पछिल्लो पटक विद्यासुन्दर शाक्यजी आएपछि रानीपोखरी बनायौं, कमलपोखरी बनायौं, दरबार स्क्वायर पुनर्निर्माण गर्‍यौं ।’

अहिले पनि काठमाडौंका प्रमुखलाई सहयोग गर्न आफुहरु तयार रहेको उनले बताए । उनले भने, ‘म भन्न चाहन्छु बालेनजीलाई, काठमाडौंलाई अझै सुन्दर बनाउन तपाईंको योजना के छ रु पैसा कति चाहियो रु सरकार दिन तयार छ । हामी अर्थमन्त्रीजीलाई भनौंला, प्रधानमन्त्रीजीलाई भनौंला । आउनुस्, सँगसँगै काम गरौं ।’

तर पछिल्ला गतिविधि हेर्दा बालेनले लाखौं युवालाई धोका दिन खोजेको उनले आरोप लगाए । नेताहरू जेल बसेको विषयलाई मजाकका रूपमा प्रस्तुत गरेको भन्दै बालेनप्रति उनले असन्तुष्टि पोखे ।

 

प्रतिक्रिया दिनुहोस्