Logo

निर्माणधिन पुलको फर्मा पल्टिँदा चार जना कामदार घाइते

सिन्धुली– पक्की पुल निर्माणमा काम गर्ने क्रममा पुलको फर्मा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं ७ स्थित क्यानखोला क्वाटरमा निर्माण भइरहेको पक्की पुलको फमा पल्टिएर कामदारहरु घाइते भएका छन् । मंगलबार अन्दाजी १०ः३० मा पुलको फर्मा पल्टिँदा चार जना कामदारहरु घाइते भएका हुन् ।

घाइते हुनेमा पर्सा बहुदमाही नगरपालिका वडा नं ५ बस्ने अन्दाजी ३३ वर्षका मनोज महतो, ४५ वर्षका बिनोद महतो र ४५ वर्षका अमलदेव महतो छन् । यस्तै हरिहरपुरगढी गाउँपालिका वडा नं ७ का ५० वर्षीय मदन घलान घाइते भएको क्यानेश्वर प्रहरी चौकी सिन्धुलीले जानकारी दिएको छ ।
घाइते भएका कामदारहरुलाई उपचारको लागि नारायणी अस्पताल विरगञ्ज लगिएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्