टि–२० विश्वकपको प्रत्यक्ष प्रशासरण गर्न सबै स्थानीय तहलाई निर्देशन

576
Shares

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहलाई टि–२० विश्वकपमा नेपालको खेल प्रत्यक्ष प्रदर्शन गर्न निर्देशन दिन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

मन्त्रालयले आइतबार नै मुलुकभरको स्थानीय तहलाई आफुसँग भएको श्रोतसाधनको प्रयोग गरेर विश्वकपको प्रत्यक्ष प्रशासरण गर्न निर्देशन दिन समन्वय गर्न अनुरोध गरेको हो ।

जुन २९ अर्थात् असार १५ सम्म संयुक्त राज्य अमेरिका र वेष्ट इन्टिजमा सञ्चालन भइरहेको आइसिसी पुरुष टि–२० विश्वकप प्रत्यक्ष प्रशारण गरेर खेलप्रेमीहरुको हौसला बढाउने वातावरण सिर्जना गर्ने मन्त्रालयले जनाएको छ । यसका लागि स्थानीय तहसँग भएको स्रोत साधनको प्रयोग गरेर उपयुक्त स्थानमा खेलको प्रत्यक्ष प्रशारण गर्न समन्वय गर्न खेलकुद मन्त्रालयले संघीय मामलालाई अनुरोध गरेको हो ।