Logo

अर्थमन्त्रीबिना नबोल्ने राजेन्द्र लिङ्देनको अडान, अर्थमन्त्री संसद आइपुगेपछि बैठक पुन सुचारु

काठमाडौं– केहि समयको लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुन सुचारु भएको छ । अर्थमन्त्री १५ मिनेट बैठक स्थगित भएको बैठक पुन सुचारु भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेपछि अर्थमन्त्री उपस्थित नरहेको भन्दै बैठक स्थगित गर्न अनुरोध गरेका थिए । उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको र बोल्दै गर्न आग्रह गरेकी थिइन् । लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने र अर्थमन्त्री आउँदा आफु बोल्ने समय सकिन सक्ने भन्दै ब्रेक लिने अडान लिएका थिए ।

त्यसपछि स्थगित भएको बैठक अर्थमन्त्री पुन आएपछि बैठक पुन सुरु भएको छ । हाल लिङ्देन रोस्टममा गएर आगामी आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको अनुमानमाथीको छलफलमा बोल्न सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्