Logo

पृथ्वीचोकको डिजिटल स्क्रिनमा नेपाल र नेदरल्यान्डस्‌बिचको खेल प्रत्यक्ष प्रसारण हुने

काठमाडौं– कास्कीको पोखरा महानगरपालिकाले नेपाल र नेदरल्यान्डस्‌बिचको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको नेपालको खेल महानगरले पृथ्वीचोकस्थित डिजिटल स्क्रिनमा देखाउन लागेको हो ।

टि–२० विश्वकप २०२४ अन्तर्गतको नेपालले पहिलो खेल नेदरल्यान्डस्‌सँग खेन्दैछ । खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्