क्रूज पार्टी गरेर मुम्बई फर्किए अनन्त र राधिका

648
Shares

 

 

विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानी कान्छो छोरा अनन्त अम्बानीको बिहेको तयारीमा लागि परेका छन्। अनन्तले आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग १२ जुलाईमा विवाह गर्न लागेका हुन्। गत साता उनीहरूले इटलीमा भव्य दोस्रो प्रि-वेडिङ पार्टी आयोजना गरेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार अम्बानी परिवारले आयोजना गरेको क्रूज प्रि-वेडिङ पार्टीको मूल्य ९०० मिलियन अमेरिकी डलर अर्थात ७५०० करोड भारू बताइएका छन् । क्रूजमा स्पा, जिम, स्विमिङ पूललगायतका सुविधा थियो। २९ मेदेखि जुन १ सम्म चलेको पार्टीमा सलमान खान, शाहरूख खान, रणवीर कपूर, आलिया भट्ट, रणवीर सिंह, अनन्या पाण्डे, जान्हवी कपूर, सारा अली खानलगायत कलाकार सहभागी भएका थिए।
हाल पार्टी सकेर अम्बानी परिवार मुम्बई फर्किएका छन्।