Logo

पार्क गेट अगाडी नेपाल र नेदरल्यान्डस्‌बिचको खेल प्रत्यक्ष प्रसारण हुने

कैलाली– धनगढी उप– महानगरपालिकाले नेपाल र नेदरल्यान्डस्‌बिचको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको नेपालको खेल उपमहानगरले धनगढीको पार्क गेट अगाडी प्रत्यक्ष प्रसारणको तयारी भएको धनगढीका मेयर गोपाल हमालले बताए ।

टि–२० विश्वकप २०२४ अन्तर्गतको नेपालले पहिलो खेल नेदरल्यान्डस्‌सँग खेन्दैछ । खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्