Logo

पहिलो पटक रोस्टममा उभिएर सुहाङले भनेः मलाई अझैपनि बुबा यतै हुनुहुन्छ जस्तै लाग्छ

काठमाडौं– संविधान सभाका अध्यक्ष स्व. सुवास चन्द्र नेम्वाङका छोरा तथा नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पहिलोपटक संसदमा आफ्नो विचार राखेका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट छलफलमा आफ्ना भनाइ राख्न पुगेका सुहासले पहिलो पटक प्रतिनिधि सभाको रोस्टममा पुग्दा आफ्ना स्वर्यीय बुबाको स्मरण गरेका छन् ।

उनले भने, ‘उपनिर्वाचन जितेर संसदको रोस्टमबाट म पहिलोपटक बोल्दैछु । मलाई अझैपनि बुबा यतै हुनुहुन्छ जस्तै लाग्छ । त्यसैले म उहाँलाई सम्झन र भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्न चाहन्छु ।’

बुबाले देखाएको मार्गदर्शनमा चलेर बुबाको सपना काम गर्ने उनले बताए । बजेटको विषयमा बोल्दै उनले हरेक कुराका सबल र दुर्बल पक्ष हुने र यथार्थमा आधारित भएर बजेट ल्याउनुपर्ने बताए । उनले भने, ‘मलाई लाग्छ, अर्थमन्त्रीज्युले यथार्थमा टेकेर बजेट ल्याउनुपर्छ ।’

हरेक बजेट सुन्दा जनताको अब केही राम्रो हुन्छ भन्ने आशा पलाउने तर वर्ष सक्किँदै गर्दा आशा निराशामा बद्लिने गरेको उनले बताए । उनले विकासको बाधक पन्छ्याउने काम गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्