Logo

संसदमा गगनको प्रश्नः आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने आधार के?

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने सरकारको अनुमानको आधार अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा मुलुकको आर्थिक वृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो नभएको भन्दै सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पुरा हुने आधारबाट अर्थमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘यहाँ जे लेखे पनि हुन्छ, माइ वाप छैन भन्ने मानसिकता देखिएको छ। वातविकतामा आधारित छैन। यो वर्ष ३ अर्ब वैदेशिक सहयोग आएको छ तर बजेटमा ५२ अर्ब आउने दाबी गरिएको छ। आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउँछु भन्नुभएको छ त्यसको आधार के? बहुमत छ, पास गरिदिन्छु भन्ने सोचे छ। आलोचना गरे पनि पास गरिदिन्छु भनेकै छन्। पास भइहाल्छ भनेर बजेट ल्याइएको छ।’

आर्थिक गतिविधि संकटका अवस्थामा सरकारले लिएको राजस्वको लक्ष्य पुरा हुनेमा आशंका रहेको उनको भनाइ छ । उनले राजस्वको लक्ष्य भेट्ने आधारका बारेमा पनि प्रष्ट पार्नुपर्ने बताए । थापाले राष्ट्रिय गौरवको आयोजनाहरुमा अन्त्य न्यून बजेट बिनियोजन गर्दा दशर्कौसम्म पनि पुरा हुन अवस्था नदेखिएको धारणा राखे । पूँजीगत खर्चको योजनाका बारेमा पनि अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।

गठबन्धनको मुख्य दल एमाले अध्यक्षले नै बजेटसंग रंग मिल्दैन भन्दै दायित्वबाट पन्छिन खोजेको उनले आरोप लगाए । उनले मुलुकको राजनीतिक समिकरण परिवर्तन भइरहने हुँदा केहि समयपछि बजेट आफैले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने भएकाले अर्थमन्त्रीलाइ सामान्य प्रश्नमात्रै सोध्ने भन्दै कटाक्ष गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्