Logo

बालेन समाज परिवर्तनको एजेन्डा भन्दा अरु प्रतिको कुण्ठाले ग्रस्त रहेको एमाले नेतृ शान्ता चौधरीको आरोप

काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) समाज परिवर्तनको एजेन्डा भन्दा अरु प्रतिको कुण्ठाले ग्रस्त बनेको आरोप लगाएकी छन् । नेतु चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेन साहले संयमता गुमाउँदै गएको समेत बताएकी छिन् । मेयर बालेनले गर्ने काम नगर्ने र नगर्ने काम गर्ने गरेको आरोप लगाएकी छिन् ।

उनले लेखेकी छिन्, ‘उहाँले गर्ने काम त तमाम छन्। कहिले सुकुमबासि बस्तिमा डोजर चलाउन जाने कहिले सिंहदरबार आगो लगाइदिन्छु भन्ने, कहिले केपि ओलीको जेल बसाइको मजाक उडाउने।’

सुकुम्बासी बस्तिमा डोजर लिएर जाँदा उनिहरुलाइ बिकल्प दिनु पर्दैन भन्दै उनले प्रश्न गरेकी छिन् । उनले बालेनलाई लक्षित गर्दै लेखेकी छिन्, ‘इमोसनल ब्लाक मेलिङ्ग गर्दै चलाइएको तपाइँको हुण्डरिबाद धेरै त टिक्दैन तर हल्ला खल्ला चलाएर समाजमा भ्रम चै छरी रहनु हुने भयो। समाज परिबर्तनको एजेन्डा भन्दा पनि अरु प्रतिको कुण्ठाले तपाइँलाई ग्रस्त बनाएको छ।’

प्रतिक्रिया दिनुहोस्