Logo

नवनिर्वाचित सांसद कंगना रनौतलाई एयरपोर्टमै थप्पड

काठमाडौं– बलिवुड अभिनेत्री तथा नव निर्वाचित सांसद कंगना रनौतलाई एक महिला प्रहरीले थप्पड हानेकी छन्। हिमाचल प्रदेशको मण्डीबाट हालै लोकसभा निर्वाचन जितेकी भारतीय जनता पार्टीकी नेत्री रनौतलाई चण्डीगढ एयरपोर्टमा महिला प्रहरीले थप्पड हानेकी हुन्।

सांसद् रनौतले चुनाव जितेर भाजपाको बैठकमा सहभागी हुन नयाँदिल्ली निस्कने क्रममा महिला प्रहरीले थप्पड हानेको बताएकी छिन् । ती महिला प्रहरीलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न उनले माग गरेकी छिन्। बिहीबार दिउँसो ३ः३० बजे एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कदैगर्दा महिला सिपाहीले कंगनामाथि हात उठाएकी थिइन्। कंगनाले यस विषयमा उजुरी पनि दर्ता गराएकी छिन्।

कंगनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ। अहिले विमानस्थलमा उपस्थित सुरक्षाकर्मीले कुलविन्दरलाई कमाण्डेन्टको कोठामा राखेका छन्। कंगना भने नयाँदिल्ली गइसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्