Logo

आईसिसी टि–२० विश्वकपः पाकिस्तान अमेरिकासँग पराजित

काठमाडौं– आईसिसी टि–२० विश्वकप २०२४ को समूह चरण खेलमा अमेरिकाले पाकिस्तानलाई हराएको छ । बिहिबार भएको खेलमा विश्वकपको सहआयोजकसमेत रहेको अमेरिकाले सुपर ओभरमा हराएको हो ।

ग्रान्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।१ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । दुबै देशले बराबर रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिएका थिए । अमेरिकाले आइसिसी विश्वपकमा पाकिस्तानलाई पहिलोपटक हराएको हो ।

 

प्रतिक्रिया दिनुहोस्