Logo

म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ : प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पनि सहकारी पीडित हुँ भन्ने लागेको बताएका छन्। कोटेश्वरमा शुक्रबार भएको सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले सहकारी खोलेका पार्टीकै मानिसहरूले सबैभन्दा बढी नेतृत्वलाई सताउने गरेको बताए। उनले भने ‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरू गरे, म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ । किनभने सहकारी खोल्ने साथीहरूले जति मलाई अरूले सताएका छैनन्।’

प्रधानमन्त्री दाहालले सहकारी विषयलाई प्राधिकरण बनाएर सशक्त रूपले लैजानुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्