Logo

६ फिट हाइट भएका दम्पति बने संसारका सबैभन्दा होचो विवाहित जोडी

काठमाडौं– सामान्यतः मानिसहरुको हाइट ५ देखि ६ फिटसम्मको हुन्छ । तर संसारमा एउटा यस्तो दम्पती छन्, जसको श्रीमान र श्रीमतिको हाइट जोड्दा मात्र ६ फिटको छ ।

ब्राजिलका पाउलो गाब्रेल दा सिल्भा बारोस र कात्युसिया लि होसिनो संसारका सबैभन्दा होचा दम्पत्ती हुन् । उनीहरु दुई जनाका उचाई जोड्दा १८१.४१ सेन्टिमिटर अर्थात् ७१.४२ इन्च छ । उनीहरु संसारकै सबैभन्दा होचो विवाहित जोडिका रुपमा गिनिज वर्ल्ड रेर्कड होल्डर हुन् ।

३१ वर्षिय पाउलो ९०.२८ सेन्टिमिटर अर्थात् ३५.५४ इन्चका छन् । २८ वर्षिय कात्युसिया ९१.१३ इन्च अर्थात् ३५.८८ इन्चकी छिन् । संसारकै होचा यी दम्पतिको पहिलो भेट सन् २००६ मा भएको थियो । उनीहरुले सन् २०१६ नोभेम्बर ३ मा एक अर्कासँग विवाह गरेका हुन् ।

हाइटले सानो भएपनि आफुहरुको दिल भने विशाल रहेको उनीहरु बताउँछन् । हामी एक अर्कालाई धेरै माया गछौँ । हाम्रा नजिकका साथिभाइ र आफन्तलाई पनि धेरै माया गछौँ ।’ उनीहरु भन्छन् ।

संसारकै होचा दम्पतीको जीवन त्यती सजिलो भने नरहेको उनीहरु बताउँछन् । उनीहरु भन्छन्, ‘हामीसँग धेरै चुनौतीहरु छन् । तर हरेक चुनौतीलाई मिलेर सामना गर्न पाउँदा एकदमै खुसी छौँ ।’

प्रतिक्रिया दिनुहोस्