Logo

मोदीको शपथग्रहणमा सहभागी हुन प्रचण्ड भारत जाँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको भ्रमणमा जाँदैछन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदार मोदीको शपथग्रहणमा सहभागी हुन आज उनी भारत जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आइतबार आयोजना हुने शपथग्रहण समारोहमा सहभागी भएपछि प्रचण्डले भारतका प्रधानमन्त्री मोदीसँग छुट्टै भेट गर्नेछन् । .
भारतका प्रधानमन्त्री मोदीको यो तेस्रो कार्यकालको शपथग्रहण हो । भारतमा तेस्रो पटक प्रधानमन्त्री हुने सुनिश्चित भएपछि प्रधानमन्त्री प्रचण्डले टेलिफोनमार्फत मोदीलाई बधाई दिएका थिए ।

मोदीले शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेका थिए । गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, सरकारका उच्चाधिकारी र उनकी छोरी गङ्गा दाहाल भ्रमणमा जाँदैछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्